परिचय

ऐतिहासिक पृष्ठभूमि पेसागत मर्यादा, कर्मचारी एकता एवं निजामती सेवामा कार्यरत कर्मचारीहरूको वृत्ति विकासका विविध पक्ष व्यवस्थापनसँग सौदावाजीसमेत गरी आफना सदस्यहरूको हकहित प्रवर्द्धन गरी संगठनको लक्ष्य तथा उद्देश्य प्राप्त गर्न सघाउ पुऱ्याउनु ट्रेड युनियनहरूको मुख्य कर्तव्य र दायित्वभित्र पर्दछ । ट्रेड युनियनहरूले सामहिक सौदावाजीका माध्यमबाट मुलुकले अवलम्बन गरेको राजनीतिककासाथै समग्र सेवा वितरण प्रणालीलाई मजवुद बनाउने कार्य गर्दछन् । हरेक शासन व्यवस्थामा सरकारले आमजनताका लागि गरेका निर्णयहरूको कार्यान्वयन गरी असल सरकारको प्रत्याभति जनतासम्म पुर्‍याउने माध्यम भनेको कर्मचारीतन्त्र नै हो । त्यसका लागि चुस्त पारदर्शी र व्यावसायिक कर्मचारीतन्त्र आवश्यक रहन्छ । यी उल्लेखित क्रियाकलापहरू कर्मचारीहरूको संगठित प्रयासबाट मात्रै व्यवस्थित र मर्यादित हुन सक्दछन् । यही सन्दर्भमा निजामती सेवा ऐनमा समेत ट्रेड युनियन अधिकारको व्यवस्था गरी कर्मचारीहरूको संगठित हुने अधिकारलाई सुनिश्चित गरिएको छ । यो अधिकारलाई स्थापित गराई कार्यान्वयन गराउन एवं समग्र निजामती सेवाको गरिमा र साखलाई उच्च बनाई राख्नका साथै गुणस्तरीय सेवा प्राप्त गर्ने जनताको अधिकार प्रचलन गराउनका लागि आधिकारिक ट्रेड युनियनको निर्वाचन भई कार्यान्वयनसमेत भइसकेको अवस्था छ । नेपालमा २०४६ सालको जनआन्दोलनपश्चात हरेक क्षेत्रमा संगठित हने अधिकार प्राप्तिको लहर नै चलेको थियो । यसै सन्दर्भमा निजामती कर्मचारीहरूको पेसागत हक हित प्रवर्द्धन र सम्बर्द्धन गर्ने प्रयोजनका लागि समेत सशक्त आवाज उठ्यो । यसैको फलस्वरूप सर्वप्रथम नेपालका तमाम निजामती कर्मचारीहरूको सहभागितामा एउटा संस्था स्थापना गरिएको थियो। तत्कालीन समयमा उक्त संगठनको नेतृत्वले पेसागत मर्यादा र कर्मचारीतन्त्रको मूल्य र मान्यताभन्दा बाहिर गई राष्ट्रसेवा, निष्पक्षता, तटस्थता र कर्मचारी एकताको सिद्धान्तविपरीत गएर जननिर्वाचित सरकार ढाल्नेसम्मको हर्कत सुरु गर्यो । तत्पश्चात् निजामती कर्मचारीहरूको विशुद्ध पेसागत हक हित प्रवर्द्धनका खातिर वि.सं. २०४७ सालमा समस्त लोकतन्त्रवादी कर्मचारीहरूलाई सिर्जनशील कर्मचारी समाज नामक संस्थाबाट संगठित गरेसँगै नेपाल निजामती कर्मचारी संघ गठनको आधारभूमि तयार भएको हो । यसै सिलसिलामा २०४७ साल फागुन १२ गते राष्ट्रसेवा, निष्पक्षता, तटस्थता र कर्मचारी एकताको भावनालाई आत्मसाथ गर्दै तत्कालीन अवस्थामा योरजंगध्वज कार्कीको संयोजकत्वमा नेपाल निजामती कर्मचारी संघ स्थापना भएको हो। समयको अन्तरालसँगै नेपाल निजामती कर्मचारी संघले विभिन्न आरोह अवरोहको सामना गर्नुपरेको गौरवपूर्ण इतिहास सम्पूर्ण साथीहरूलाई अवगतै छ । यस कालखण्डमा संघका तत्कालीन अध्यक्ष श्री भानुभक्त ढकालले खेल्नु भएको भूमिकासमेत स्मरणयोग्य छ । यसै सिलसिलामा कर्मचारी संगठनले बहुलबादको सिद्धान्त र संघ संस्था खोल्न पाउने प्रजातान्त्रिक हक अधिकारविपरीत कर्मचारी संघको दर्ता खारेज गर्ने माग राखी सर्वोच्च अदालतमा मुद्दासमेत दर्ता गरायो । तथापि छोटो समयमा नै नेपाल निजामती कर्मचारी संघ ७५ वटै जिल्ला एवं सबै विभागीय कार्यसमिति गठन गर्न सफल भई तीनवटा केन्द्रीय अधिवेशन सफलतापूर्वक सम्पन्न गर्न सफल भयो । वि.सं. २०५८ मा सर्वोच्च अदालतको अप्रिय फैसलाबाट संघको नाम र कानुनी अस्तित्व उपर प्रश्न उठाउने काम भएपछि २०५९ भदौ १९ गते तत्कालीन नेपाल निजमाती कर्मचारी संघका अग्रज साथीहरूको सक्रियतामा श्री भवानीप्रसाद थानीको अध्यक्षतामा नेपाल निजामती कर्मचारी युनियन गठन भई सोही कार्यसमितिले चौथो केन्द्रीय अधिवेशनसमेत सम्पन्न गरायो । नेपाल निजामती कर्मचारी युनियनको पाँचौं केन्द्रीय अधिवेशनपश्चात् केही असमझदारी सिर्जना भई संस्था नै विभाजन हुने स्थिति आइपर्यो । तथापि कर्मचारी यनियन (संघ) को नेतत्व एवं समस्त लोकतन्त्रवादी कर्मचारी साथीहरूको सद्भाव, आग्रह र शुभेच्छासमेतका कारणले तत्कालीन नेपाल निजामती कर्मचारी यनियन र नेपाल निजामती कर्मचारी संघबीच मिति २०७२।०३।१९ गते श्री सुबोधकुमार देवकोटाको अध्यक्षतामा तत्कालीन नेपाल निजामती कर्मचारी संघका अध्यक्ष श्री शोभाखर रेग्मी सहअध्यक्ष रहने गरी ऐतिहासिक एकीकरण सम्झौता सम्पन्न भएपछि नेपाल निजामती कर्मचारी युनियन (संघ) मा समस्त लोकतन्त्रवादी कर्मचारीहरूलाई मनैदेखि भावनात्मक रूपले एकताबद्ध हुने वातावरण सिर्जना भयो । नेपाल निजामती कर्मचारी यनियन (संघ) का अध्यक्ष श्री सुवोधकुमार देवकोटाकै कार्यकालमा कर्मचारी रानियन (संघ) को केन्द्रीय कार्यालय भवन निर्माण सम्पन्न भई ७७ वटै जिल्लामा कर्मचारी युनियन (संघ) एकतावाद रुपले क्रियाशिल हुने वातावरण बन्यो । फलस्वरुप नेपाल निजामती कर्मचारी युनियन(संघ) को चितवनमा मिति २०७४ चैत्र ४ देखि ६ मा सम्पन्न सातौ महाधिवेशनले गोपाल प्रसाद पोखरेलको नेतृत्वमा नया कार्यसमिति चयन गर्यो । त्यसै गरी मिति २०७७ चैत्र २७ र २८ मा काठमाडौमा सम्पन्न राष्ट्रिय भेला तथा विधान अधिवेशनबाट सर्वसम्मत रुपमा विधानमा संशोधन गरी नेपाल निजामती कर्मचारी युनियन कायम गर्यो । तत् पश्चात मिति २०७८ फाल्गुन २१ देखि २३ सम्म काठमाडौमा सम्पन्न भएको आठौ माधिवेशनबाट पनः गोपाल प्रसाद पोखरेलको अध्यक्षतामा नया कार्य समिति चयन गरेको छ । जुन समिति आम निजामती कर्मचारीका समस्या पहिचान गरि कर्मचारीका माग संवोधन गराउन सरकारसँग संघर्षरत रहेको छ ।
नेपाल निजामती कर्मचारी युनियनको अगुवाइमा प्राप्त भएका मुख्य-मुख्य उपलब्धिहरू :

  • २०४६ सालको परिवर्तनपछि प्रजातान्त्रिक संस्था निर्माणमा योगदान गरेको ।
  • बहुलवादी मूल्य मान्यताअनुरूप लोकतन्त्रलाई संस्थागत गर्ने काममा राष्ट्रसेवा, निष्पक्षता, तटस्थता र कर्मचारी एकताप्रति प्रतिवद्ध रही सरकारलाई सहयोग गरेको ।
  • जननिर्वाचित सरकारलाई सहयोग गर्दै निरंकुश र गैरनिर्वाचित सरकारलाई जनताप्रति जवाफदेही रहन खबरदारी गरेको।
  • सशस्त्र द्वन्द्वकालमा समेत निजामती सेवामा रही जनताको सेवामा सक्रियतापूर्वक क्रियाशील रहेको ।
  • २०६२/६३ को दोस्रो जनआन्दोलनलगायत विभिन्न प्रजातान्त्रिक आन्दोलनहरूमा दृढतापूर्वक संलग्न भएको ।
  • नेपालको अन्तरिम संविधान २०६३ र वर्तमान नेपालको संविधानसमेतमा ट्रेड युनियन अधिकारसम्बन्धी व्यवस्था स्थापित गराउन सफल भएको ।
  • निजामती सेवा ऐन २०४९ मा दोस्रो संशोधनका लागि आवश्यक पहल गरी निजामती सेवामा ट्रेड युनियन अधिकार प्राप्त गर्न सफल भएको ।
  • अबरुद्ध बदवा प्रणालीलाई फराकिलो बनाई समयबद्ध बढ्वा प्रणाली लागू गराइएको ।
  • बढ्वा प्रणाली फराकिला बनाई समयबद्ध बढ्वासमेतलाई समायोजन गराउन सफल भएको ।
  • कर्मचारीहरूको तलबभत्तालगायतका सुविधाहरू समसामयिक बनाउन प्रमुख भूमिका खेलेको । मूलतः अर्थमन्त्री महेश आचार्यको कार्यकालमा साविक तलबमानमा शतप्रतिशत वृद्धि गरी एतिहासिक तलब वृद्धि गराउन सफल भएको।